FAQs Complain Problems

पाँचखपन नगरपालिकाकाे संक्षिप्त परिचय

image

पाँचखपननगरपालिका नेपालको पुरानो प्रशासनिक विभाजनअनुसार पूर्वाञ्चल विकास क्षेत्र अन्तर्गत संखुवासभा जिल्लामा र हाल १ नंप्रदेश मा पर्दछ । भौगोलिक हिसाबले यस नगरपालिका कोशी अञ्चल, संखुवासभा जिल्लाको मध्य भागमा ८७o१२’१२” देखि ८७o२६’४५” पूर्वी देशान्तर र २७o१७’३७.४” देखि २७o२४’ ३८” उत्तरी अक्षांशसम्म फैलिएर रहेको छ ।
१४८.०३वर्ग कि.मि. क्षेत्रफल रहेको यस पाँचखपन नगरपालिकाकोउत्तरमा सभापोखरीगाउँपालिका पश्चिमतिर खाँदबारी नगरपालिका, दक्षिणमा चैनपुरनगरपालिकार पूर्वमा चैनपुर नगरपालिका र सभापोखरीगाउँपालिका रहेका छन् ।नेपाल सरकारको निर्णयअनुसार २०७३/११/२० मा साविकका स्याबुन, वाना र जलजला गा.वि.स.हरू समेटेर पाँचखपन नगरपालिका घोषणा गरिएको थियो ।पाँचखपन नगरपालिकाकोअधिकतम औषत तापक्रम २३ डिग्री सेल्सियस रन्यूनतम औषत तापक्रम ३ डिग्री सेल्सियस सम्म रहने गरेको छ । शैक्षिक तर्फआधारभूत विद्यालयसंख्या ३२ र माध्यामिक विद्यालय ८ गरि जम्मा ४२ वटा शिक्षण संस्थाहरू संचालित छन् जस मध्ये २ निजी शैक्षिक संस्था रहेको छ । प्राकृतिक श्रोतको दृष्टिकोणले संभावनायुक्त, मानविय श्रोतको दृष्टिकोणबाट नेतृत्व क्षमतायुक्त, राजनैतिक दल र सचेत एवं उत्प्रेरित नगरपालिकाबासी यस नगरपालिकाको दिगो विकासका आधारस्तम्भका रूपमा रहेका छन् ।यस नगरपालिकामा विभिन्न जातजाती तथा धर्म मान्ने व्यक्तिहरूको बसोबास रहेको छ । राष्ट्रिय जनगणना २०६८ को तथ्याङ्कअनुसार सबैभन्दा बढी तामाङ जाति ३,३८८ जना (१९.३४%), दोस्रोमा क्षेत्री ३,२५७ जना (१८.५९ प्रतिशत) र तेस्रोमा नेवार १,६७० (९.५३प्रतिशत) हरूको बसोबास रहेको छ ।केही भाग ऐतिहासिक तथा बजार क्षेत्रको रूपमा रहेको नगरपालिकामा साना व्यापार, तथा साना उद्योगहरु प्राकृतिक श्रोत तथा सामाजिक महत्वका क्षेत्रहरू रहेका छन् । औषत पारिवारिक आम्दानीमा कृषि व्यवसायको सबैभन्दा ठूलो हिस्सा रहेको छ र स्थानीय बासिन्दाको आम्दानीकोवैकल्पिकश्रोतको रूपमा वैदेशिक रोजगारी पनि रहेको छ । परम्परागत प्रणालीको कृषि व्यवसायको विकल्प खोजिरहेका यहाँका बासिन्दा आधुनिक कृषि प्रणालीको विकल्पमा समेत लागिरहेका छन् । स्थानीय जनशक्ति मजदुरी तथा अध्ययनका लागि विदेशिने क्रम पनि रहेको छ ।अधिकांश घरमा विद्युतीकरण भएको भएतापनि केही सिमान्तकृत वर्गमा रहेका नागरिक भने विद्युतीय उपभोगको पहुँचमा पुग्न सकिरहेका छैनन् । योजनाबद्ध विकास कार्यक्रम कार्यान्वयनमा कठिनाई तथा आवश्यक आर्थिक व्यवस्थापनमा कठिनाई हुनुले यस नगरपालिका क्षेत्रको अपेक्षित विकास हुन सकिरहेको देखिँदैन । विभिन्न समुदाय, जातजातीका मानिसको बसोबास रहेको यस क्षेत्रमा विभिन्न चाडपर्व मनाउने गरिन्छ । दशैँ, तिहार, ल्होसार, उधाैली, उभौली, देवाली, ठूलो एकादशी, मकर संक्रान्ती, तीज, होली, महाशिवरात्री, चैते दशै, रामनवमी, कृष्णजन्माष्टमी, बुद्धजयन्तीआदि यहाँका प्रमुख चाडपर्वको रूपमा रहेको पाईन्छ ।