FAQs Complain Problems

प्राय साेधिने प्रश्नहरू

उद्योग तथा व्यवसाय दर्ता कहाँ गर्नु पर्छ?

उद्योग तथा व्यवसाय दर्ता नगरपालिकाकाे कार्यालयमा गर्नुपर्दछ।

योजनाको पेश्की माग गर्न आवश्यक कागजातहरू के के हुन्?

योजनाको पेश्की माग गर्न आवश्यक कागजातहरू :

  • पेश्की माग निवेदन
  • योजना सम्झौताको प्रतिलिपि
  • प्राविधिक स्टिमेट
  • सम्बन्धित वडाको सिफारिस
  • नागरिकताको प्रतिलिपि

योजना सम्झौता गर्न आवश्यक कागजातहरू के के हुन?

योजना सम्झौता गर्न आवश्यक कागजातहरू :-

  • सम्झौता माग निवेदन
  • सम्बन्धित वडाको सिफारिस
  • वडा अध्यक्ष वा वडा सदस्यको रोहवरमा उपभोक्ता समिति ‍गठन गरी अध्यक्षबाट प्रमाणित गरेको निर्णयको प्रतिलिपि
  • उपभोक्ता समितिले गरेको निर्णयको प्रतिलिपि
  • उपभोक्ता समितिको सदस्यहरूको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • प्राविधिक लागत अनुमान