FAQs Complain Problems

भीमा देवी राई

bhima rai
ईमेल: 
bhimadevi2018@gmail.com
फोन: 
९८४२०७९७४२, ०२९-४११०८२

मेरो दुई शब्द

दिगो र योजनाबद्ध विकासलाई अगाडि बढाउनका लागि नगरको समग्र तथ्याङ्क आवश्यक पर्दछ । यसै आवश्यकतालाई मध्यनजर गरी नगरपालिका पाश्र्वचित्र तयार गरिएको छ । जसमा नगरपालिकाको विभिन्न विषय समावेशगरिएको श्रोत नक्साहरू विषयगत कार्यालयहरूबाट सङ्कलन गरिएका तथ्यहरूमा आधारित भईउपलब्ध भएसम्मका कृषि, शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार, वन, सिंचाई, खानेपानी, विद्युत आदिका तथ्याङ्क समावेश गरी नगर पाश्र्वचित्र तयारी गरिएको छ ।

यस नगरपालिकाको अध्ययन गर्न चाहने विद्यार्थी, अनुसन्धानकर्ता, योजना निर्माणकर्ता तथा नगरवासीहरूलाई पाश्र्वचित्रले सूचना प्रदान गर्न सहयोग पुग्नेछ भन्ने मैले आशा लिएको छु । पाश्र्वचित्रमा उल्लेखि तविवरणमा नगरपालिको राजनैतिक तथा प्रशासनिक विवरण छुट्टिने नक्सा, भू–वर्गीकरण तथा भू–उपयोग नक्साका साथै पछिल्लो राष्ट्रिय जनगणना २०६८ का विविध पक्षहरू समावेश गरिएका छन् ।

अन्तमा प्रस्तुत पाश्र्वचित्र तयारी गर्ने सिलसिलामा सूचना संकलन गर्न प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग गर्नु हुने सम्पूर्ण विषयगत कार्यालय, संघ÷संस्था, सामाजिक परिचालक, वडासचिवहरू, नगर÷गाउँ कार्यपालिकाका कर्मचारीहरू, कार्यकारी अधिकृत तथा शुरुदेखि तथ्याङ्क संकलन, प्रशोधनगरी पाश्र्वचित्र लाईयो रूपदिने परामर्शदाता श्री इन्टेन्सिभ स्टडीएण्ड रिसर्च सेन्टर प्रा.लि. काठमाडौँलाई विशेष धन्यबाद दिन चाहन्छु ।

 भिमादेवि राई
नगर उपप्रमुख