FAQs Complain Problems

विपिन राई

bipin rai
ईमेल: 
meyar.bipin@gmail.com
फोन: 
९८४२०५३२००, ०२९-४११०८१

दुई शब्द

राज्यको पुनर्संरचनाका सिलसिलामा स्थापित यस पाँचखपन नगरपालिका पहिलो प्रकाशित दस्तावेजको रूपमा आउन लागेको पाश्र्वचित्र छोटो समयमै तयारी गर्न पाउँदा अत्यन्तै खुसी लागेको छ ।
नगरपालिको यथार्थ विद्यमान अवस्था झल्काउन पाश्र्व चित्र तयारीले नगरपालिका विकासका वर्तमान अवस्थालाई चित्रित गरेकोछ । यस्तो चित्रणले आगामी दिनमा हामीले तर्जुमा गर्नुपर्ने नीति तथा कार्यक्रमहरूलाई प्राथमिकिकरण गरी हामी लाई उपलब्ध सीमित श्रोत र साधनको अधिकतम सदुपयोग गरी नगरपालिकाको विकासलाई गतिप्रदान गर्न अवश्यपनि सहयोगपु¥याउने आशा तथाविश्वास लिएकोछु । यस अध्ययन प्रतिवेदनले प्रायः सबै क्षेत्र तथा वस्तुगत यथार्थलाई समेट्ने प्रयास गरेको भएता पनि सीमित समय र स्रोत साधनको सीमाभित्र गरिएको अध्ययन आफैमापूर्ण नहुनसक्छ । यसलाई समय सन्दर्भअनुसार परिष्कृत र परिमार्जित गर्ने दायित्व हाम्रो काँधमा आएको महशुस हामी सबैले गरेका छौँ  ।

योजनावद्ध विकासको आधारको रूपमा रहने यो पाश्र्वचित्र समयमै तयार गर्न लगाउने नगरपालिकाका सम्पूर्ण टिम, कार्यकारी अधिकृत तथा अन्य वडा तहमा महत्वपूर्ण जिम्मेवारी पुरागर्ने कर्मचारी एवं निर्वाचित जनप्रतिनिधि लगायत तथ्याङ्क उपलब्ध गराउने सम्पूर्ण विषयगत कार्यालय, संघसंस्था तथा अन्यसबैमा नगरपालिको तर्फबाट आभार प्रकट गर्न चाहन्छु । साथै अध्ययन प्रतिवेदन समयमै सम्पन्न गर्ने इन्टेन्सिभ स्टडी एण्ड रिसर्च सेन्टर प्रा.लि. काठमाडौँलाई हार्दिक धन्यबाद दिन चाहन्छु ।

अन्तमा समग्र नगरपालिकाको विकासको आधारचित्र कोर्न यो प्रतिवेदन सहयोगी बनोस र दीर्घकालिन सोचकासाथ अगाडि बढ्न यसबाट हामी सबैलाई आधारप्राप्त होस भन्ने शुुभेच्छा प्रकट गर्दछु ।

 

विपिन राई

नगर प्रमुख