FAQs Complain Problems

तेजिन्द्र गौतम

Tejindra Gautam

मेरो भन्नु

कुनै पनि विकासको मार्ग तयार गर्ने उद्देश्यका लागि योजनाको सहीछनोट, प्रभावकारी कार्यान्वयन, सरोकारवालाहरूको चासो त्यसको निरन्तर अनुगमन एवं मूल्याङ्कन र दिगोपनाका लागि सही र वस्तुनिष्ठ निर्णय लिन तथ्याङ्ककको आवश्यकता पर्दछ । विगतबाट पाठ सिकेर वर्तमानको भोगाईका आधारमा भविष्यका लागि योजना तर्जुमा गर्नु वर्तमान पुनर्संरचित स्थानीय तहको पहिलो आवश्यकता हो भन्ने मादुई मत हुन सक्दैन ।

आवश्यकता अनुसार योजना तथा कार्ययोजना हरू अगाडि बढाउन नसकिएमा जनताले स्थानीय तहबाट राखेका अपेक्षा पुरा हुन सक्दैनन् ।यसै कारण वर्तमानका हाम्रा धरातलीय, सामाजिक, साँस्कृतिक तथा आर्थिक अवस्थाको पहिचान गरी भविष्यका आवश्यकता आँकलन गर्ने उद्देश्यकासाथयो अध्ययनप्रतिवेदन (पाश्र्वचित्र) सीमित समय तथा स्रोत र सीमाभित्र रही तयार गरिएकोहो । पाश्र्वचित्रलाई सामान्य रूपमा अध्ययन गर्ने जोकोहीले पनि यस नगरपालिकाको वर्तमान अवस्था सहजै आँकलनगर्न सक्नेदेखिन्छ । यो पाश्र्वचित्रलाई एकातिर नगरको सम्पूर्ण चिनारीका रूपमाहेर्न सकिन्छभने अर्कोतर्फ हाम्रा सम्भावना र चुनौतिहरूलाई पहिचान गर्न सकिन्छ ।

पाश्र्वचित्र तयारीको क्रममा आफ्नो महत्वपूर्णसमय प्रदानगर्ने नगरपालिका प्रमुख ज्यू, उप–प्रमुख ज्यू विषयगत कार्यालयका प्रमुख लगायत सम्पूर्ण कर्मचारी, वडाध्यक्षज्यूहरू, वडासचिव साथीहरू, सामाजिक परिचालकहरू विभिन्न संघ÷संस्थाका प्रमुख तथा अन्य कर्मचारीहरू तथा पाश्र्वचित्र लाईयो रूपदिन सहयोग पु¥याउनु हुने परामर्शदाता श्री इन्टेन्सिभ स्टडी एण्ड रिसर्च सेन्टर प्रा.लि. काठमाडौँलाई हार्दिक आभार व्यक्त गर्दछु ।

अन्तमा, योपाश्र्वचित्र आफ्नो उद्देश्य प्राप्तिमा सफल रहोसभन्ने शुभेच्छा व्यक्तगर्दछु ।

 

 तेजिन्द्र गौतम
कार्यकारी अधिकृत
 

Section: 
प्रशासन